Share via  

नेपालमा २०७२ सालमा विनाशकारी भूकम्प गयो । भूकम्पपछि धेरै वैकल्पिक निर्माण प्रविधि नेपालमा भित्रिएका छन् । पछिल्लो समय वैकल्पिक निर्माण सामग्रीप्रति उपभोक्ताहरुको आकर्षण पनि बढ्दो छ । वैकल्पिक निर्माण प्रविधि उत्पादनको प्रयोग पनि विस्तारै बढिरहेको छ । यस वैकल्पिक निर्माण प्रविधिमध्ये जगदम्बा कंक्रिटो पनि एक हो । जर्मनी प्रविधिबाट नेपालमा गुणस्तरीय कंक्रिट प्रिकास्ट सामाग्री उत्पादन गर्ने यस कम्पनीले भूकम्पपछि नेपाली बजारमा गुणस्तरीय उत्पादन उच्चस्तरीय प्रविधिको प्रयोगमार्फत गरिरहेको छ । यसै कम्पनीको उत्पादन, गुणस्तर लगायत विभिन्न विषयमा केन्द्रित रहेर जगदम्बा कंक्रिटो कम्पनीका इञ्जिनियर कुशल काफ्लेसंग होमल्याण्ड खबरका लागि सह -सम्पादक पूजा बगालेले गरेको कुराकानी ः


जगदम्बा कंक्रिटो कम्पनीले के के गर्दै आएको छ ?


जगदम्बा कंक्रिटो कम्पनीले गुणस्तरीय कंक्रिट सामाग्री उत्पादनको लक्ष्यसहित नेपालमै जर्मन प्रविधिबाट उत्पादन गरिरहेको छ । भूकम्प पछाडीबाट हामीले सेवा दिन शुरू गरेका हौं । भुकम्पले धेरै नै असर गर्यो । त्यसैले भुकम्पपछि देशको दिगो विकासको लागि गुणस्तरीय प्रिकास्ट कंक्रिट सामाग्री बजारमा ल्याएका हौं । जगदम्बा कंक्रिटोले आफनो गुणस्तरीय उत्पादनमार्फत मानिसहरुको जीवनस्तरमा प्रत्यक्ष लाभ प्रदान गरिरहेको छ । उपभोक्ताहरुमा विश्वासको वातावरण बिकास गर्दै आएको छ ।


अरु कम्पनीका उत्पादन प्रयोग नगरेर जगदम्बाकै उत्पादन किन प्रयोग गर्ने त ?  जगदम्बाका उत्पादनमा के भिन्नता छ ?


हामीले उत्पादनको गुणस्तरमा सम्झौता गरेका छैनौं । बजारमा समान आकार नहुने, चाँडै टुटफुट हुने र कमसल कंक्रिटो उत्पादन भईरहेको उपभोक्ताहरुको गुनासो सुनिइरहेको समयमा हामीले समान आकार,टुटफुट नहुने र गुणस्तर भएको कंक्रिट सामाग्रीहरु उत्पादन गरिरहेका छौं । त्यस्ता कमसल उत्पादनलाई बिस्थापित गर्ने लक्ष्य अनुसार नै जगदम्बा कंक्रिटो प्रा.लि सफल भएको छ । प्रिकास्ट वस्तुहरू जस्तो नी पाइन्छ बजारमा । तर, जगदम्बाले ल्याएको वस्तुहरूको गुणस्तर उच्चस्तरीय छ । उच्चस्तरीय उत्पादन हुने भएकाले स्थानीय स्तरमा बनाइएका उत्पादनभन्दा राम्रो र गुणस्तरीय हुने कारणले लामो समयसम्म टिकाउ हुन्छ । जसले गर्दा यसले देशको दिगो विकासमा सहयोग पुर्याउँदछ । हाम्रो उत्पादन प्रयोग गर्ने उपभोक्ताहरुले आफुहरु सन्तुष्ट रहेको प्रतिक्रिया दिइरहनुभएको छ । उहाँहरुको प्रतिक्रियाले पनि हामीले उत्पादनमा गुणस्तरमा ध्यान दिएको कुरा पुष्टि हुन्छ । हाम्रो विशेषता भनेकै उपभोक्तहरुका लागि गुणस्तरीय सामाग्री उत्पादन गर्ने हो ।


जगदम्बा कंक्रिटो प्रयोग गर्दा हुने फाइदाहरू के के छन् ?


जगदम्बा कंक्रिटोले विशेष श्रेणीको गुणस्तरीय उत्पादन , उच्चस्तरीय प्रविधिबाट तयार गर्दछ । उच्चस्तरीय प्रविधिबाट उत्पादन गरिने हुँदा यसले दिगो विकासमा सहयोग पुग्दछ । शुरूमा अलिकति महँगोजस्तो लागेपनि लामो समय टिकाउ हुने भएकाले त्यसरी हिसाब गर्दा अन्य कम्पनीको उत्पादन भन्दा सस्तो पर्न आउँछ । शूरूमा थोरै बढी लगानी लागेपनि यो लामो समय टिक्ने हुँदा उपभोक्तालाई दिर्घकालमा हेर्दा यसको उपयोग फाइदाजनक छ ।


जगदम्बा कंक्रिटोको उत्पादनलाई सरकारी परियोजनामा स्वीकृति दिएको छ त ?


अवश्य दिएको छ । स्वीकृति विना हामीले कुनै परियोजनामा जगदम्बा कंक्रिटोका उत्पादन प्रयोग गरेका छैनौं । विशेष गरि सरकारी परियोजनाहरुमा बलियो र आकार भनेको जति चाहिन्छ । काठमाडौंको हकमा सडक डिभिजनका प्रमुख कुबेर नेपालीले यसको बास्ताबिक परिक्षण गर्नुहुन्छ उहाँले बलियो र आकारमा सम्झौता नगर्ने हुनाले हामीलाई धेरै सहयोग भएको छ । साथै हामीले परिआएको खण्डमा टेक्निकलरुपमा सहयोग पनि गर्दछौं ।


बुढानिलकण्ठ साइटमा पेभर्सको प्रयोग:कीर्तिपुर साइटमा पेभर्स,कर्भको प्रयोग:पुतलीसडक साइटमा पेभर्स,कर्भको प्रयोग:

अहिलेचाहीँ कम्पनीले अरु के के गरिरहेको छ त ?


हाल कम्पनीले ईटाहरु, हलो ब्लक, सोलिड ब्लक लगायत सम्र्पुण प्रकारका पेभर, कर्भ, सकर ड्रेन र आवश्यकता आनुसारका अन्य उत्पादनहरु गरिरहेको छ । पर्सा जिल्लामा मात्र नभएर देशका बिभिन्न जिल्लाहरु जस्तै चितवन, बारा, रौतहट, सिरहा, रुपन्देही, मकवानपुर, कास्की, काठमाडौं, भक्तपुर, ललितपुर, आदिमा पुर्याउन सफल भएको छ । काठमाडौंको लागि तिनकुनेको न्यौपाने टावरको चौथो तलामा  कर्पोरेट कार्यालय अवस्थित छ । धेरै जसो घर, सडक लगायत सरकारी परियोजनामा पनि हाम्रो जगदम्बा कंक्रिटो निर्मित वस्तुहरु नै प्रयोग गरिएको छ ।


वीरगञ्ज साइटमा ईट्टाको प्रयोग:चितवन साइटमा पेभर्सको प्रयोग:

लकडाउनले व्यवसायमा कस्तो असर परेको छ ?


सरकारले यस क्षेत्रलाई प्रथामिकतामा राख्ने भनेता पनि भने अनुसार हुन सकेको थिएन । तर बसन्तकुमार नेम्वाङ भौतिक पूर्वाधार तथा यातायात मन्त्री भएर आएपछि कंक्रिट उत्पादन गर्ने उद्योगलाई राम्रो भएको छ । सरकारको राम्रो साथ पाएका छौं । लकडाउनले व्यवसायमा अलिअलि असर त परेको छ तर लकडाउन खुलेपछि बजार उकासिन्छ, राम्रो हुन्छ भन्नेमा आशावादी छौं ।


Source: HomelandKhabar https://homelandkhabar.com/archives/25570